रुपन्देही -नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका छन् ।
यादवको शव शुक्रबार संघीय इकाइ प्रहरी कार्यालय भैरहवा स्थित सरकारी निवासमै झुण्डिएको अवस्थामा फेला परेको हो ।
नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले यादवको शव झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
‘बिहान निवासमै स्टाफले खाजा लिएर जाँदा सम्म अवस्था सामान्य नै थियो, तर बिहान ११ बजेतिर एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटियो, यस बारेमा विस्तृत जानकारी मातहत बाट मागेका छौं,’ उहाले भन्नुभयोे ।
यादवको मृत्युको कारण नखुलेको कुँवरले बताउनुभयो ।