About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
दाङमा कर्तव्य ज्यान मुद्दाका कैदी प्रहरीकै मोटरसाइकल लिएर भागे

Darpanpost शुक्रबार, पौष ०९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

दाङ – दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भइ थुनामा रहेका एक व्यक्ति कारगार बाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार हिजो अस्पताल बाट भागेको प्रहरीले जनाएको छ ।
परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिनुभयो । उनी प्रहरी जवान धन बहादुर चौधरी सँगै लु ३४ प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको छ ।
घटना बारे चौधरीले दिउँसो ४ बजेतिर मात्रै जानकारी दिनुले पनि आशङ्का गर्ने प्रशस्त आधार देखिएकाले प्रहरी जवान
चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो । २० वर्ष कैद सजाय तोकिएका परियारले अहिले सम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।
परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

(रासस)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com