About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
एमाले अध्यक्ष ओली देश दौडाहामा

Darpanpost बिहिबार, पौष ०८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।
पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।
विधान महाधिवेशनपछि झापा पुगेर माओवादीसँग आबद्ध दुर्गा प्रसाईंलाई एमालेमा प्रवेश गराई केन्द्रीय सदस्य समेत बनाएका ओली फेरि झापा जाँदैछन्। पार्टी प्रवेश लगायतका कार्यक्रममा ओली आफैं सहभागी हुन रुचि राख्दै आएका छन्। कांग्रेस महाधिवेशन सुरु भएको दिन प्रज्ञाभवनमा वाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा पनि ओलीले माओवादीबाट आएका केही कार्यकर्तालाई प्रवेश गराएका थिए।
त्यस दिन सो कार्यक्रममा ओलीले देशको अभिभारा के हो भनेर कांग्रेसलाई सिकाउनुपर्ने बताएका थिए। ‘कांग्रेस, माओवादी र नेकपा एसको प्रहारमा परेका ओली उनीहरूलाई नै प्रतिप्रश्न गर्दै एमालेमा थप क्षति हुन नदिने रणनीतिमा रहेका छन्’, एमालेका एक स्थायी कमिटी सदस्यले भने। एमाले विभाजनपछि नै ओलीले संगठनलाई चुस्तदुरुस्त राख्न नयाँ कार्यकर्ता भर्ती गर्नुपर्ने आवश्यकता महसुस गरेको एमाले नेताहरूको भनाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com