About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
कांग्रेस सभापति देउवा झन् शक्तिशाली

Darpanpost बिहिबार, पौष ०८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् । २४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशन मार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६ पदको नतिजा आइसकेको छ । ९६ जनाको नतिजा प्राप्त हुँदा सभापति देउवा समूह तर्फबाट ७६ जना नयाँ कार्यसमितिका लागि निर्वाचित भएका हुन् ।
यसैगरी, सभापतिका उम्मेदवार बनेका डा। शेखर कोइरालाको समूहबाट १६ जना निर्वाचित भएका छन् भने प्रकाशमान सिंह समूह बाट दुई जना निर्वाचित बन्दा एक जना साझा उम्मेदवार निर्वाचित भएका छन् ।

इतर तितरबितर हुँदा संस्थापन लाई नाफा
कांग्रेसको केन्द्रीय निर्वाचन समितिअनुसार अब ३८ पदको परिणाम आउन बाँकी छ । सभापति देउवा समूहबाट सभापति, एक उपसभापति र ६ जना सहमहामन्त्री गरी पदाधिकारीतर्फ मात्रै आठ जना निर्वाचित भएका छन् । पदाधिकारीतर्फ एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी चार जना कोइराला समूहबाट निर्वाचित बन्दा एक जना महामन्त्री सिंह समूहबाट निर्वाचित बनेका हुन् । सिंह समूहबाट केन्द्रीय सदस्यमा समेत राजेन्द्रकुमार केसी एक जना विजयी भएका छन् ।
यसैगरी, केन्द्रीय सदस्यतर्फ खुला ३५ मध्ये २५ जना देउवा समूहबाट निर्वाचित बन्दा नौ जना कोइराला समूहबाट र एक जना तटस्थ उम्मेदवार निर्वाचित बने । डा। शशांक कोइराला साझा उम्मेदवारका रूपमा सबै समूहमा परेका थिए ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार बुधबार राति अबेरसम्म दलित, खस–आर्य, आदिवासी जनजाति तर्फका केन्द्रीय सदस्यको पनि परिणाम आउने सम्भावना छ ।
कुल १ सय ६७ सदस्यीय हुने केन्द्रीय समितिमा ३३ जना भने सभापतिले मनोनीत गर्नेछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com