काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।
आजको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।
५८ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको उहाले जानकारी दिनुभयो ।
यसअघि दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवै जना संक्रमण मुक्त भइसकेका छन् ।
त्यस्तै २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
यो संगै हालसम्म ९ लाख २२ हजार ४ सय ३३ जना
संक्रमित भएका छन् ।
यस्तै २७२ जना निको भएका छन् ।
यो संगै ८ लाख ९ हजार ६५९ जना निको भएका छन्
पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ ।
यो संगै ११ हजार ५९९ जनाको मृत्यु भएको छ ।