काठमाण्डौ – प्रतिनिधिसभा बाट चार वटा अध्यादेश स्वीकृत भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तुत गरिएको
नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको हो ।
प्रतिनिधिसभाको बैठक पुस १८ गते सम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिनुभएको हो ।