रवि प्रकाश कसौधन, कपिलवस्तु -नेकपा ९एमाले० का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले किसान,मजदुर,पिछडिएको व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा ९एमाले० पार्टी मात्रै सुरक्षित रहेको ,नेपाल र नेपाली जनताको विकासको लागि नेकपा९ एमाले०सरकारमा हुदा ठुलै पहल गरेको बताएका छन् । उनले एमालेको पालामा बालबालिकाले उचित शिक्षा पाउने ,जेष्ठ नागरिकहरु लाई उपचार, भुमिहीन गरिबहरु,लाई सरकारले घर बनाउने ,फुसका छाना विस्तापित गर्ने कार्य ,बेसाहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको साथै आफ्नो कार्यकालमा मधेशको लाइफलाइन हुलाकी राजमार्ग निर्माण कार्य योजना लागु गरेको ,हुलाकी राजमार्गको २० प्रतिशत काम मात्रै बाकी रहेको र अब कपिलवस्तु लाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताएका छन् । मंगलवार कृष्णनगरको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्न आएका पुर्व प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गको इतिहास बताई निर्माण कार्यको अवलोकन समेत गरेका थिए।
कृष्णनगर नगरपालिका ८ बहादुरगञ्जमा नेकपा ९एमाले० पार्टी प्रवेश तथा जनसभा कार्यक्रमका अध्यक्ष नेकपा ९एमाले० जिल्ला अध्यक्ष झबिलाल पोख्रेल ,प्रमुख अतिथि नेकपा ९एमाले० का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ,विशिष्ट अतिथि नेकपा ९एमाले०का महासचिव तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेल, नेकपा ९एमाले० केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छवि विश्वकर्मा, केन्द्रीय सचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट ,अतिथीमा केन्द्रीय सदस्य सुर्य थापा, सुशिल श्रीवास्तव केन्द्रीय सदस्य तथा इत्तेहाद नेपालका संयोजक सेराज अहमद फारूकी,गंगा चौधरी, पशुपति दयाल मिश्रा लगायत नेताहरुको उपस्थिति रहेको थियो।
नेकपा ९एमाले० पार्टी प्रवेश कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं ३ नेकपा ९माओवादी केन्द्र० बाट वडाध्यक्ष पदमा निर्वाचित सगीर अहमद खां तथा
निर्वाचन क्षेत्र ३ का प्रत्येक आम निर्वाचनमा दोस्रो नम्बरमा हुने गरेका नेता मंगल प्रसाद गुप्ता लगायत जिल्लाका विभिन्न पार्टी बाट र अन्य गरि हजारौं कार्यकर्ता हरू एमालेमा प्रवेश गरेका छ्न ।
पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्न बहादुरगंज आइ रहेका पुर्व प्रधानमन्त्री ओलीको भव्य स्वागत गरिएको थियो । नेकपा ९एमाले० कृष्णनगर नगर कमिटी सचिवालय सदस्य मिर्जा राशिद बेगले आफ्नो नेतृत्वमा करिब सयौं मोटर साइकलको संख्यामा महराजगञ्जको बुटहानिया चोक देखि बाजागाजका साथ कार्यक्रम स्थलमा पुगी मिर्जा राशिद बेगले आफ्नो सहकार्यमा अल्ताफ खां ९मिनु०, मनोज जयसवाल,जिब्राइल हलवाईको पुर्ण प्रयासमा सयौंको संख्यामा कार्यकर्ता प्रवेश गराएका छन।