About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
शिक्षक सेवा आयोगद्धारा दुई हजार पाँच सय ९८ शिक्षकका लागि आवेदन खुला

Darpanpost बुधबार, पौष ०७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – शिक्षक सेवा आयोगले दुई हजार पाँच सय ९८ जना शिक्षक माग गरेर आवेदन खुला गरेको छ।
आयोगले सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जनाका लागि आवेदन खुला गरेको हो।
आयोगले सातवटै प्रदेशमा खुला तथा समावेशी
प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुक बाट आवेदन माग गरेको छ ।
विषयगत विज्ञापनमा सबैभन्दा बढी अङ्ग्रेजी विषयका लागि सबैभन्दा धेरै ६२४ शिक्षकको माग गरिएको छ । त्यस्तैगरी विज्ञान विषयका लागि ४३७ शिक्षकको माग गरिएको छ ।
त्यस्तै नेपाली विषयमा ४३७, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३६४,
संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरिएको छ ।
परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ। परीक्षाको समय आउँदो
चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने जनाइएको छ ।
परीक्षाको अवेदन शुल्क ७०० निर्धारण गरिएको छ । त्यस्तै प्रत्येक समावेशीका लागि थप ५०० लाग्नेछ । उम्मेदवारहरुले अनलाइन मार्फत पनि फारम भर्न सक्ने छन् ।
जसका लागि आयोगको वेवसाइटमा गएर भर्न सकिने छ । माग ६ गतेसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका
योग्यता पुगेका उम्मेदवारले फारम भर्न सक्ने छन् ।
सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com