एजेन्सीँ – मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको छ ।
बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।
बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यस बाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । उद्धारकर्ता तथा सरकारी निकायले विस्थापित लाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण गरिरहेका छन् ।
बाढीका कारण सडक, विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवा प्रभावित भएका छन् ।