काठमाडौं-नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको छ । सोमवार दिउँसो तीन बजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करिब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा इन्र्भटरमा आगलागी भएर आगलागी फैलिएको देखिएको छ