नन्दु यादव ,नवलपरासी ।विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्त लाई नवलपरासी प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्ति लाई प्रहरीले पक्राउ गरिरहेको हो ।
नवलपरासीमा प्रहरी प्रमुख मनोज कुमार यादव सरुवा भई आएसँगै फरार अभियुक्त पक्राउ र तस्करी रोक्न थालेका हुन। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनसार लागुऔषध मुद्दामा १ जना ,सवारी ज्यान मुद्दामा २ जना ,कुटपिट मुद्दामा १७ जना ,चोरि मुद्दामा २ जना ,जालसाजी मुदामा १ जना र सार्वजनिक मुद्दामा १ जना गरि कुल २४ जना अभियुक्त लाई पक्राउ गरिएको सुचना अधिकारी प्रेम बहादुर शाहिले जानकारी दिनुभयो । प्रहरीले अदालतले विभिन्न समयमा फैसला गरि फरार रहेकाहरुलाई प्रक्राउ गरि कारागार चलान गरेको हो ।
२१ वर्ष देखी फरार रहेका देखी पछिल्लो केहि महिना देखी फरार रहेकालाई प्रक्राउ गरिएको प्रहरी प्रमुख यादवले जानकारी दिनुभयो ।
असारमा सरुवा भई आउनु भएका यादवको विशेष अप्रेशनमा प्रतिवादीहरु प्रक्राउ परेको जनाईएको छ । गल्ती गरेपछि कुनै दिन कानुनको दायरमा आउनै पर्छ भन्ने मान्यता स्थापित गर्न पनि जिल्लामा फरार अभियुक्त पक्राउ अभियान नै चलाईएको प्रमुख यादवले बताउनुभयो ।
एक सफल प्रहरी अफिसरको पहलमा धेरै सुधार हुन्छ भन्ने उदाहरण यादव रहनु भएको छ । कार्यालय परिषदमा जनमैत्रि स्थान,सामान्य मानिसको सिधै प्रहरी प्रमुखको पहुच लगाएतका उल्लेखनिय कार्य गदै अहिले जिल्लामा पहिचान बनाएका छन् । गाउँमा आत्महत्या तथा अन्य सचेतना जगाउन विभिन्न कार्यक्रम,ग्रामिण भेगमा प्रहरी गस्ति,सामुदायिक प्रहरी मार्फत जनगुनासो सम्बोधन उहा आए पछिका उल्लेखनिय सुधार युक्त कामहरु रहेको जिल्लाबासीको भनाई छ।