About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
वनमा बिभत्स हत्या

Darpanpost सोमबार, पौष ०५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौं -कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो।

हामी भारतको बैंग्लोर जाँदै छौं।’ झन्डै तीन मिनेटको अडियो म्यासेजमा मनोज नाम बताउने व्यक्तिले हत्या गरेको खुलाएका थिए। अडियोमा उनले भनेका छन्, ‘एक–दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ। घाँटी अलग छ। शरीर अलग छ।’

त्यत्तिकैमा अर्का व्यक्तिले सोधेका छन्, ‘कसको ?

जवाफमा उनले भनेका छन्, ‘जसको भए नि अलग छ।’

मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्ति पनि त्यहीँ भएको आवाज सुनिन्छ। एक जनाले आफू हत्यापछि बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि प्रस्ट सुनिन्छ।

म्यासेज सुन्नासाथ आत्तिएकी धर्मादेवी मोबाइल बोकेर अमरावती प्रहरी चौकी पुगिन्। प्रहरीले अडियो बजाएर सुनि नसक्दै अमरावती सामुदायिक वनका वनरक्षक लगायत व्यक्ति प्रहरी चौकी पुगे। वनमा घाँटी छिनाएको शव भेटेको खबर उनीहरूले प्रहरीलाई गरे।

अडियो र वनरक्षकको कुरा सुन्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्यो। त्यहाँ अर्जुनको शव भेटियो। म्यासेज र वनरक्षकको कुरा मेल खाएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com