About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ता अन्तर्गत करिब चार लाख नागरिक थपिए

Darpanpost सोमबार, पौष ०५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौं -निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ता अन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरि बाट चार लाख सात हजारको नामावली दर्ता भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ । हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ । हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिने छ । मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा हिमाली जिल्लामा मङ्सिर १७ गते सुरु भई २७ गतेसम्म नामावली दर्ता भएको थियो ।

दोस्रो चरणमा हाल ३१८ पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ । तराई मधेसका अधिकांश पालिकाले भने म्याद थप्न आग्रह गरेका छन् । आयोगका प्रवक्ता पौडेलले विशेष अभियान अतिरिक्त इलाका प्रशासन, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा चुनावको घोषणा नभए सम्म मतदाता नामावली दर्ता कार्यक्रम जारी नै रहने भएकाले छुटेका उम्मेदवार लाई पायक पर्ने स्थानमा गएर दर्ता गराउन आग्रह गर्नुभएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com