About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
तीन महिनाभित्र पनि एमसीसी अनुमोदन नभए फिर्ता लैजाने

Darpanpost सोमबार, पौष ०५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौं -संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कम्प्याक्ट सम्झौता नेपालको संसद बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र ऊर्जा अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने सम्झौता गरेको थियो । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालसँग पटक पटक आग्रह गरिसकेको छ ।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तापक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रूपमा एमसीसी लाई पत्र लेखेर अनुमोदन गर्ने प्रतिबद्धता जनाएको कुरा प्रधानमन्त्री स्वयंले सार्वजनिक गरिसकेका छन् । सो कुरा १४ डिसेम्बरमा अमेरिकाको वासिंटन डिसीमा भएको एमसीसी बोर्ड बैठकले नेपाल सरकारले एमसीसी कम्प्याक्ट चाँडै अनुमोदन गर्ने भनी जनाएको प्रतिबद्धतालाई जानकारीमा लिएको छ भनी गत बुधबार विज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।

अब एमसीसीको बोर्ड बैठक आगामी १७ चैतमा बस्नेछ । ‘सो अवधिसम्म नेपालले संसद बाट एमसीसी अनुमोदन नगरे फिर्ता लैजाने विषयमा ठोस निर्णय हुन सक्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘संसद बाट अनुमोदन नभए सो अनुदान अर्कै देशलाई दिने मनस्थितिमा अमेरिका पुग्न सक्नेछ ।’ सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी परियोजना कुनै पनि हालतमा पास हुन नदिने मनस्थितिमा पुगिरहेका बेला अमेरिकाले एकपटक तीन महिनाका लागि पर्खेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com