काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ८१ जनामा
कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ ।
यस्तै संक्रमण बाट पछिल्लो २४ घण्टामा २ सय ८९ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोना
संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म संक्रमण बाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।