सिरहा – सिरहामा दुई समूह बीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् ।
गएराति पौने ८ बजेतिर गोलबजार नगरपालिका–६ मा दुई पक्षबीच भएको झडपमा छुरा प्रहार हुँदा २६ वर्षका राम कुमार सदाको मृत्यु भएको हो । सदाको आरके मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
झडपमा गम्भीर घाइते भएका निकेश सदाको उपचार भइरहेको छ । दुई पक्षका ६/७ जना बीच झडप भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।