काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ ।
संसदमा भइरहेको अवरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवाले बैठक बोलाउनु भएको हो।
बैठकमा प्रधानमन्त्री देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्ने तयारी पनि गर्नु भएको छ ।
बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ। तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।
नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उप–नेता सुवास
नेम्वाङले बताउनुभयो ।
यसअघि पनि नेकपा एसको सहभागितालाई लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।
एमालेको अवरोधका कारण दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएका छन् ।