काठमाण्डौ – पछिल्लो २४ घण्टामा एक सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार नौ सय ९७ जनाको नमूना परीक्षण गर्दा एक सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५० जना निको भएका छन् ।
अहिले नेपालमा पाँच हजार चार सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै थप दुई जनाको कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्यु भएको छ ।