गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर–१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको भिरबाट लडेर मृत्यु भएको हो ।
मुसिकोट नगरपालीका वडा नम्बर–१ बाङ्गे स्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर उनिहरु घाइते भएका थिए ।
उनीहरूको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।