About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
टिम नेपो पाल्पाद्धारा पुर्वखोला जल्पाका ५ वटा विद्यालय लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Darpanpost शनिबार, पौष ०३, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

पाल्पा -जिल्लाको सामाजिक कार्यमा सकृय रहेको संस्था टिम नेपो पाल्पाले पुर्वखोला गाउँपालिका वडा नं २ जल्पाका ५ वटा विद्यालय लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले जल्पाका ५ वटा विधालयका विद्यार्थीहरू लाई बालविवाह र प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना एवम स्कुलमा स्वास्थ्य खानेपानीका फिल्टर हस्तान्तरण गरेको हो ।

Open photo

कार्यक्रममा बाल विवाह सम्बन्धि सचेतना टिम नेपो पाल्पा अध्यक्ष सन्तोष गहतराजले प्रशिक्षण प्रदान गर्नुभएको थियो । भने प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना जल्पा स्वास्थ्य चौकीका इन्चार्ज पदम दर्लामीले गर्नुभएको थियो । संस्थाकी सदस्य तारा खाम्चा मगरको स्वागत मन्तव्य बाट कार्यक्रम सुरू भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउँपालिका वडा न २ का वडा अध्यक्ष नीर बहादुर सारूले पुर्वखोला गाउँपालिका भरिमा वडा नं २ लाई छनोट गरि कार्यक्रम ल्याएकोमा संस्थालाई धन्यवाद दिनुभयो । समाजिक हितको लागि स्थापित भएको संस्थाले अभियानको रूपमा विद्यालयहरू लाई मध्यनजर गरि कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै विगत समयमा बालविवाह भए पनि स्थानीय सरकार आए सँगै कम भएको बताउनुभयो ।

हाल पुर्वखोला गाउँपालिकाले २० बर्ष भन्दा कम उमेरमा विवाह गरेमा विवाह दर्ता नगरिदिने,बालविवाह गरेमा सैनिकमा भर्ति हुन जानको लागि समेत स्वीकृत नदिने गरेको बताउनुभयो । साथै वडा कार्यालय र स्वास्थ्य चौकीको समन्वयमा समय समयमा सचेतना कार्यक्रम,छात्रा विद्यार्थीहरू लाई स्कुलमा निशुल्क प्याड वितरण लगाएत कार्य गरेको बताउनुभयो । साथै टिम नेपो पाल्पाले सामाजिक अभियान लिई वडाका विधालयका विद्यार्थीहरू लाई सचेतनाको माध्यम बाट सचेत बनाएकोमा आभार प्रकट गर्नु भयो ।

कार्यक्रममा वडा सदस्य भिमिसरा आले सस्थाले विद्यार्थीहरू लाई मध्यनजर गरि सचेतामुलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिदै आगामी दिनमा अझ सामाजिक कार्य लाई विस्तार गरि अगाडि बढ्न आग्रह गर्नुभयो ।


कार्यक्रमको अवसरमा सरस्वती माध्यमिक विद्यालय,कमला आधारभुत विधालय,जन प्रकाश आधारभुत विधालय,कमला प्राथमिक विधालय र शम्भु माध्यमिक विधालय लाई स्वच्छ पिउने पानीको लागि फिल्टर वितरण गरिएको थियो । कार्यक्रममा टिम नेपो पाल्पाका उपाध्यक्ष माधव पाण्डे,कोषाध्यक्ष इवन ढेगा,सदस्यहरू विन्दु क्षेत्री,तारा खाम्चा ग्रिस्म रानाको उपस्थिति रहेको थियो । कार्यक्रममा २ सय जना विद्यार्थी एवम् शिक्षकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोष गहतराजले टिम नेपो पाल्पाले समाजमा कम अवसर पाएका व्यक्ति एवम् समुदायका नागरिकहरूको उत्थानको लागि युवाहरू मिलेर बनेको संस्था रहेको बताउनुभयो । टिम नेपो नेपालका झण्डै ५० जिल्लामा शाखा रहेको र संस्थाले सामाजिक कार्यको अभियान सञ्चालन गरि अगाडि बढेको बताउनुभयो । विशेष गरि संस्थाले पाल्पा जिल्लाका विद्यालयमा पुगी विद्यार्थीहरू सचेतनामुलक कार्यक्रमको माध्यम बाट सजग गराउने र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम लाई अगाडि बढाएको बताउदै आगामी दिनमा अझ सशक्त रूपमा सामाजिक कार्यलाई अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रम संस्थाका सहसचिव इना रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com