काठमाडौं । पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १८४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६७ जना निको भएका छन् ।
यस्तै संक्रमण बाट २ जनाको मृत्यु भएको छ ।