सर्लाही – सर्लाहीमा भएको आगलागीमा परि एकै घरका दुई बालिकाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
गएराति सवा ९ बजे विद्युत् सर्ट भएर फुसले छाएको कच्ची घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७ सिर्सिया बस्ने जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको हो ।
जलेर गम्भीर घाइते भएका उनीहरु लाई थप उपचारका लागि काठमाण्डौ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी घाइते भएकी छन् ।