About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियारको छापा

Darpanpost बुधबार, मंसिर २९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।
बुधवार बिहान आयोग केन्द्रीय कार्यालयको टोलीले छापा हान्दै अनुगमन सुरु गरेको छ । नगरपालिका विरुद्ध अख्तियारमा उजुरीको चाङ लागे पछि अनुसन्धान गर्न टोली खटिएको हो । टोलीले बिहान ९ बजे देखि साँझ सम्म कार्यालयमा रहेको कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । अनुसन्धान गर्न उपसचिव बद्री प्रसाद कार्कीको नेतृत्वमा टोली खटिएको छ ।
नगरपालिकाका सम्बन्धमा परेका उजुरी र गुनासोका विषयमा स्थलगत रूपमा छानबिनका लागि टोली खटाइएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए । उनले नगरपालिकामा भएका कामको विषयमा केही उजुरी परेकोले सबै उजुरीको स्थलगत अध्ययन हुने बताए ।
नगरपालिकामा भएका खरिद सँग सम्बद्ध र निर्माण सँग सम्बद्ध विषयमा उजुरी परेको थियो । उजुरीका विषयमा र त्यस सँग जोडिएका अन्य पक्षलाई लिएर छानबिन गरिएको छ । पहिलो दिन कार्यालयमा रहेका कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिने र निर्माणको कामको स्थलगत अनुगमन समेत हुने प्रवक्ता रिसालले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com