About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
सियारी गाउपालिकाको दशौ गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न

Darpanpost बुधबार, मंसिर २९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

तुलसीराम पौडेल ,सियारी -रुपन्देही स्थित सियारी गाउपालिकाको दशौ गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले एक कार्यक्रमका बीच गाउँ सभाको उद्घाटन गर्नुभयो । गाउँ सभामा स्थानीय तहको व्यवस्थापन गर्न बनेको विधेयक २०७८ र सियारी शिक्षा ऎन तथा नियमावली संसोधनको विधेयक गाउपालिका विधेयक समितिका संयोजक एवं वडा नम्बर २ का वडा अध्यक्ष राम किसुन थारुले प्रस्तुत गर्नुभएको थियो ।त्यसै गरि सियारी गाउपालिकाबाट आर्थिक वर्ष २०७८र०७९ मा स्वीकृत भएका योजनाहरु संसोधन गर्न बनेको विधेयक पुर्वाधार विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष थम्मन बहादुर पौडेलले गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत गरेका विधेयकहरु बारे छलफल पछि गाउँ सभा अध्यक्ष अयोध्या प्रसाद थारूले पास होस भनी गाउँ सभामा प्रस्तुत गर्नुभएको विधेयकहरु गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारीत गरेका थिए। गाउँ सभा अध्यक्ष अयोध्या प्रसाद थारुले अहिलेसम्म गाउपालिकामा भएका बिकास निर्माण सम्बन्धि गतिविधिहरु बारेमा प्रतिबेदन पढेर सुनाउनु भएको थियो । जस अनुसार सियारी गाउँपालिकामा पुर्वाधार निर्माण ,शिक्षा ,खानेपानी ,स्वास्थ्य ,कृषिमा सियारी गाउपालिकामा धेरै उल्लेखनीय कार्यहरू सम्पन्न भएको बताउनु भयो ।पशु सेवा एकाइ तर्फ ५० प्रतिशत अनुदानमा यान्त्रीकरण सहयोग कार्यक्रम ,पशु आहारा विकास कार्यक्रम ,पशु विकास कार्यक्रमहरु ,कृषि विकास तर्फ बीउ वितरण कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । भौतिक पुर्वाधार तर्फ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण , बहुउद्देश्यीय सभा हल निर्माण ,कालोपत्र ५४।६७ कि।मि ,ग्रेभेलर बिस्तार रसडक मर्मत १३२।२९ कि।मि ,सडक पी।सी।सी ११।५९ कि।मि ,विद्यालय भवन निर्माण १०४ कोठा लगायत सम्पन्न भएका छन ।
स्वास्थ तर्फ धेरै लोकप्रिय कामहरू भएका छ्न ।
जेष्ठ नागरिक ,सुत्केरी र गर्भवती र असायको लागि अमवा, हर्नैया चौकिबाट निशुल्क ल्याब सेवा व्यवस्था गरिएको छ ।मातृ शिशु मृत्यु दर घटाइ सुरक्षीत तरीकाले प्रसुती गराउनको लागि हर्नैया स्वास्थ्यचौकीमा प्रसुती केन्द्र स्थापना गरि प्रसुती सेवा संचालन गरिएको छ।साथै विरामिहरुलाई समयमै उपचारको लागि केन्द्रसम्म लैजानको लागि हर्नैया स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवाको शुरूवात गरिएको र जेष्ठ नागरिक ,विपन्न नागरिक ,सुत्केरी गर्भवती ,नव शिशु र कोभिडका विरामीहरुलाई एम्बुलेन्स सेवा निशुल्क गरिएको छ।गाउपालिकाले जगत जननी कार्यक्रम संचालन गरि गर्भवती सुत्केरी महिला, नवजात शिशुलाई कुपोषण बाट बचाउनको लागि निशुल्क पौस्टिक आहार र औषधि लिएर सुत्केरी भेटघाट कार्यक्रमलाई सक्रिय रूपमा लागू गरिएको छ। सियारी गाउपालिकामा मोतिया विन्दु भएका विरामिहरुलाई निशुल्क अप्रेसनको व्यवस्था गरेको छ।सियारी बासिको स्वास्थ्य सेवामा पहुच होस भन्नको गाउपालिकाले मेडिकल डाक्टरको नियुक्त गरेको छ ।अब सियारी बासिलाई उपचारको लागि धेरै सहज भएको छ। सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले आफू पद बहाली भएदेखि नै गाउपालिकाका महिला बालबालिकाको अधिकार र सुरक्षाको लागि सक्रिय भुमिका खेल्दै आएको बताउनु भयो ।टोल टोलमा महिला नेतृत्व विकासको लागि सक्रिय भुमिका खेलेको हुनाले सियारी गाउपालिकाभित्रका सबै महिला दिदिबहिनीहरु ढुक्क संग आफ्नो गाउपालिकामा अधिकार माग्न र सहभागिता जनाउन सक्षम भएको बताउनु भयो ।न्याय समितिको संयोजक भएकोले गाउपालिकामा दर्ता भएका मुद्दाहरु गाउपालिकामामै मिलापत्र गराउन सफल भएको बताउनु भयो । सियारी बासीलाई आफ्नो टोलमा हुने गरेका झै झगडा वडामै समाधान गर्न प्रत्येक वडा वडामा मेलमिलाप केन्द्र खोलेको बताउनु भयो।गाउपालिका अन्तरगतका प्रत्येक योजनालाई सक्रिय रूपमा अनुगमन गरेको बताउनु भयो ।
गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराईले सियारी गाउपालिकाले निर्णय गरेका कुराहरू सत प्रतिशत प्रतिफल दिन सफल भएको बताउनु भयो ।बाटाघाटा,प्रशासनिक भवन ,स्वास्थ्य शिक्षा ,कृषि हरेक क्षेत्रमा रुपन्देहीका अन्य गाउपालिका भन्दा अग्रता लिएको बताउनु भयो ।
गाउपालिकामा प्रशासनिक भवन ,सभा हल ,स्वास्थ्य चौकी , बाटा घाटाहरु ,गाउँ गाउमा नाली सम्पन्न भैसकेको छ।विद्यालयको भौतिक पुर्वधार विकास ,शिक्षक अनुदानको व्यबस्था गरिएको छ।विद्यालयलाई ल्यापटप वितरण गरिएको छ।कोभिडको अवस्थामा अनलाइनको व्यवस्था गरि कक्षा सञ्चालन गरिएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसको तर्फबाट वडा नम्बर २ का वडा अध्यक्ष राम किसुन थारु , राप्रपाको तर्फबाट वडा नम्बर १ का कार्यबाहक अध्यक्ष धनराज शर्मा ,नेकपा एमाले सियारीका अध्यक्ष एवं वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले सियारी गाउपालिकाका विकास गतिविधि बारे आ आफ्नो विचार राख्नु भएको थियो ।गाउँ सभामा उठेका प्रशनहरुको जवाफ गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु र प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले दिनुभएको थियोे ।कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख चिरञ्जीवी गौतमले गर्नुभएको थियोे ।

Open photo

Open photo

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com