तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका लाई आज बालमैत्री नगर घोषणा गरिएको छ । रुपन्देहीका १६ वटा स्थानीय तह मध्य तिलोत्तमा पहिलो बालमैत्री नगरपालिका घोषणा भएको हो ।
आज तिलोत्तमा नगरको प्राङ्गणमा आयोजित कार्यक्रममा तिलोत्तमा लाई बालमैत्री बनाउन सामूहिक प्रतिवद्धता गरिएको छ ।
बालमैत्री नगर घोषणाका लागि ५१ वटा सूचक मध्ये ३८ वटा सूचकमा शत प्रतिशत उपलव्धि हासिल गर्नुपर्ने हुन्छ ।
नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा
पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य घनश्याम भुसाल, लुम्बिनी
प्रदेश कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा अर्याल, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ ,विभिन्न दलका नेता, जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधि
सञ्चारकर्मी ,नगरपालिका बासी लगायतको सहभागिता रहेको थियो ।
तिलोत्तमा नगरलाई बालमैत्री नगर घोषणा गर्दै प्रमुख अतिथी
पौडेलले रुपन्देहीमै पहिलो बालमैत्री घोषणा भएको तिलोत्तमाले
भौतिक विकास सँगै मानवीय बिकास लाई समेत सँग–सँगै अगाडी बढाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो ।
उपप्रमुख जागेश्वरदेवि चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको
सञ्चालन नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री ले गर्नुभएको थियो ।
कार्यक्रममा कलाकार पुर्खे बा को सांस्कृतिक प्रस्तुती रहेको थियो ।