About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
प्रतिनिधि सभाको बैठक स्थगित

Darpanpost मंगलबार, मंसिर २८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
सभामुख अग्नि प्रसाद सापकोटाले पुस ६ गते मंगलबार दिउँसो १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको हो ।
सभामुखको कार्यशैली प्रति असन्तुष्ट रहेको एमालेले सुरुमै नाराबाजी सहित बैठक अवरुद्ध गर्न खोजे पनि सभामुखले बैठकको कारबाही प्रक्रिया अघि बढाउनुभएको थियो ।
एमालेका सांसदहरूले उभिएर विरोध गरिरहे पनि सरकारले संसदमा विभिन्न ६ वटा अध्यादेश संसद् बैठकमा पेस गरेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन
गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्नुभएको हो ।
संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको
अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com