About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
नागरिकता नपाउँदा सिङ्गो परिवार नै पहिचान खोज्न ठूलै सङ्घर्ष गर्दै

Darpanpost मंगलबार, मंसिर २८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

जनकपुर । नेपालमा जन्मिए लगत्तै जन्मदर्ता र १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने व्यवस्था छ । तर सप्तरीको बोदे बसाईन नगरपालिका–७ बगबिराका ६५ वर्षीय जिवछ सदा र ५५ वर्षीय देवनारायण सदाले अझै नागरिकता पाउन सकेका छैनन्। हरेक नेपालीले सहज रुपमा पाउनुपर्ने नागरिकता प्रमाण पत्रका लागि जनप्रतिनिधि, कर्मचारी देखि ठूला नेता सम्मलाई गुहार गरेपनि अझै नागरिकता पाउन नसकेको सदाको गुनासो छ । सदाद्वयले नागरिकता नपाउँदा उनीहरुको सिङ्गो परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेका छन् । ‘‘नेपालमै जन्मिए, यही हुर्किए तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन सकिन”, जिवछले भने, ‘‘घरको मूल व्यक्ति मेरै नागरिकता नभएपछि आफ्नो सिङ्गो परिवारनै पहिचान विहीन बनेको छ ।

उनको नागरिकता नबन्दा उनको श्रीमती ६० वर्षीया अमिरका देवी सदा, उनको जेठो छोरा ३५ वर्षीय जीतेन्द्र सदा, बुहारी २८ वर्षीया सरस्वती सदा, जेठी छोरी २५ वर्षीय मनिष सदा र कान्छी छोरी १८ वर्षीया अनिषाले नागरिकता बनाउन पाएका छैनन् । आफ्नो नागरिकता नबनेकै कारण दुई वर्षीया नातिनी बिसु सदा र एक वर्षीय नाति सुभाष सदाको जन्मदर्ता समेत नबनेको जिवछको दुःखेसो छ ।

नेपाली भएको प्रमुख पहिचाननै नागरिकता नपाएका ती परिवारका सदस्य अहिले सम्म राज्यबाट पाउनुपर्ने सबै सेवा सुविधा बाट वञ्चित भएको दुःखसो पोखेका छन् । जन्मेपछि कानुनी रुपमा राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुबा बिलट सदाको नागरिकता नहुँदा अहिले उनको पूरै परिवार नै पहिचानको सङ्कटमा परेका छन् । “बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन्”, जिवछले भने, ‘‘अहिले मेरो नागरिकता नहुँदा श्रीमती र छोराछोरी नाति नातिनी सम्मको पहिचान बन्न नसकेको हो ।”

जन्मदर्ता नबन्दा छोराछोरी पनि विद्यालयमा पढ्न पाएनन्, अहिले नाति नातिनीको अवस्था पनि यस्तै बनेको उनको कथन छ । आर्थिक विपन्नताका कारण केही समय रोजगारीका लागि भारतको पञ्जाबमा काम गरेर फर्केका सदा अब बूढेसकाल लागेकाले स्वदेशमै मेहनत गर्न चाहे पनि नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको उनको भनाइ छ । ‘‘गाउँमा नागरिकता टोली आएको बेला कमाउन पञ्जावमा थिएँ”, उनले भने, “त्यति बेला छरछिमेकको नागरिकता भयो, हामी छुटिहाल्यौं ।” त्यसयता तत्कालीन गाविस कार्यालय देखि अहिलेको स्थानीय तहको वडा कार्यालय सम्म नागरिकताको सिफारिसका लागि धाउँदै आए तर सकिएन् ।”

नागरिकताको सिफारिसको लागि जन्मदर्ता खोज्छन्, तर आफ्नो जन्मदर्ता  छैन् भन्दै उनले नेपालमा जन्मिए, तर नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको बताए । श्रीमानको नागरिकता नबन्दै ससुरा बिलट र सासू सुनरबतीको मृत्यु भएपछि आफूहरु झन समस्यामा फसेको जिवछ सदाकी श्रीमती अमिरकाको कथन छ । ‘‘नागरिकता नहुँदा राज्यको मात्रै होइन समाज तथा समुदाय बाट पनि अलग हुनुपरेको छ,” अमिरका देवीले भने, “नागरिकताकै अभावमा गाउँ स्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन समेत सकिरहेकी छैन् ।” नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित रहेको उनको भनाइ छ ।

यस्तै देवनारायण सदाको नागरिकता नबन्दा उहाँको १० जनाको परिवार पनि पहिचानको सङ्कटमा परेका छन् । नागरिकताका लागि ठूलै कसरत गरेपनि अझै सफलता नमिल्दा आफूसँगै आफ्नी ५० वर्षीया श्रीमती सुशीला, ३५ वर्षीय जेठो छोरा प्रभु सदा, २८ वर्षीया जेठी बुहारी ज्योति, कान्छो छोरा खजन सदा र २० वर्षीया कान्छी बुहारी सम्झना देवीको पनि नागरिकता बन्न नसकेको देव नारायणको भनाइ छ ।

छोरा र बुहारीको नागरिकता नबनेकाले सात वर्षीय नाति देव, तीन वर्षीय प्रेम र ६ महिनाका कृष्णाको जन्मदर्ता नबनेको उनको भनाइ छ । ‘‘जहाँ गइयो, जे कामका लागि गइयो त्यहाँ पहिला नागरिकता नै माग्छन्”, देव नारायणले भने, ‘‘तर सानैमा बुबाको मृत्यु भएकाले अहिले सम्म नागरिकता बन्न सकेन् ।”

नागरिकताका लागि पञ्चायतकाल देखि अहिले सम्म सबै निकायमा धाएँ तर नागरिकता बन्नै सकेन्, उनको दुःखेसो छ । बगबिराका जिवछ र देवनारायण मात्र होइन्, बोदे बसाईन नगरपालिकाको विभिन्न वडाका दलित बस्तीमा नागरिकताको समस्या अझै भयाबह रहेको एक तथ्याङ्कले समेत देखाएको छ । वडामा जन्मदर्ता, विवाह दत्र्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दर्ता सँगै नागरिकता र जन्मदर्ता बनाउने अभियान सुरु गर्न लागिएको छ ।

द फ्रिड्म फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले ती वडाका दलित बस्तीका हरवाचरवा परिवारलाई लक्षित व्यक्तिगत घटना दर्ता सँगै नागरिकता र जन्मदत्र्ता बनाउने अभियान सञ्चालन गर्न लागिएको छ । दलित बस्तीमा नागरिकता र जन्मदर्ताको समस्या देखिए पनि अभियान नै चलाउन लागेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले बताए ।

अधिकांश दलित बालबालिका जन्मदर्ताकै कारण पढ्न नसकेको पाइएको कार्यक्रम संयोजक चौधरीको भनाइ छ । जनचेतनाको आभावमा नागरिकता र जन्मदर्ताको महत्व नबुझेर पूर्वजहरुले समयमै जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता बनाउन होस नपु¥याउँदा अहिलेको सन्ततिले दुः ख पाइरहेको बोदे बसाईन नगरपालिका– ७ का वडाध्यक्ष बिजली कापैरको भनाइ छ । प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको सुनाउँदै वडाध्यक्ष कापैरले ती परिवारको नागरिकता समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताए । (रासस)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com