काठमाण्डौ – नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजे सम्मको समय निर्धारण गरेको छ ।
राष्ट्रिय सभा गृह र भृकुटी मण्डपमा तोकिएका तीन ठाउँमै चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइराला बीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणको चुनावमा देउवाले २ हजार २५८ र कोइरालाले १ हजार ७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचन बाट आउट हुनुभएको छ ।
कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशत भन्दा बढी मत ल्याउनैपर्छ ।
यसैबिच
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर
देउवालाई समर्थन गर्ने हुनु भएको छ ।
पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान
सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो ।
छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो ।
सिंहले देउवा लाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।
यस्तै
कांग्रेस नेता विमलेन्द्र निधिले पनि देउवा लाई नै समर्थन गर्नुहुने भएको छ ।