काठमाण्डौ – कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले तीन सय ८५ मतको अग्रता बनाउनुभएको छ ।
अहिलेसम्म ३७ सय ३९ मत गणना भएको छ । सभापतिका उम्मेदवार देउवाले १७ सय ९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा .शेखर कोइरालाले १४ सय १३ र प्रकाशमान सिंहले २ सय ८६ मत प्राप्त गर्नुभएको ।
नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइराला बीच मुख्य प्रतिस्पर्धा छ । अहिलेसम्म देउवा कोइराला भन्दा ३ सय ५९ मतले अगाडि हुनुहुन्छ । त्यस्तै विमलेन्द्र निधिले २ सय १ मत प्राप्त गर्दा कल्याण गुरुङले १९ मत ल्याउनुभएको छ ।
कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ । अब ९ सय ४० मत गन्न बाँकी छ । काठमाण्डौको राष्ट्रिय सभागृहमा आज बिहानैदेखि मतगणना सुरु भएको हो ।
(उज्यालो बाट साभार )