About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
तीन लाख रुपियाँ धरौटीमा छुटे साढे ३३ किलो सुन प्रकरणका मुख्य आरोपी

Darpanpost मंगलबार, मंसिर २८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो ।
अदालतका स्रेस्तेदार टिकेन्द्र वीरजङ्ग राणाले न्यायाधीश लम्सालको इजलासले दिएको आदेश अनुसार धरौटी बुझाएर मुख्य अभियुक्त अग्रवाल छुटेको बताए। तस्करी गरी नेपाल भित्र्याइएको साढे ३३ किलो सुन गायब भएपछि गोरे भनिने चूडामणि उप्रेती सहितको समूहले भरियाका रूपमा काम गर्दै आएका मोरङ उर्लाबारीका सनम शाक्यको २०७४ साल माघ १८ गते हत्या गरेको थियो ।
यस प्रकरणको सूक्ष्म अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मोरङले सङ्गठित रूपमा सुनको अवैध चोरी निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा तत्कालीन सात जना बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते मुद्दा दर्ता भएको थियो । अभियोगपत्रमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपियाँ बिगो माग गरिएको थियो । अदालतले गत असोज १९ गते फैसला सुनाउँदै ५६ जना प्रतिवादीलाई सफाइ दिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com