About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनमा कपिलवस्तु बाट मौलाना मशहूद लगायत १७ प्रतिनिधि निर्विरोध निर्वाचित

Darpanpost सोमबार, मंसिर २७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु -नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्द सत्रबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो । समितिको सोमबार ८ बजे बसेको बैठकले पदाधिकारी चयन गरेको छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने छन् । कपिलवस्तु बाट नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा १७ प्रतिनिधी सर्वसम्मत रुपमा निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले जानकारी दिएका छन् । उनका अनुसार रुद्रलाल बन्जाडे, ,रामचन्द्र शाहा९क।बिष्णु०,सत्यनारायण त्रिपाठी , सुकै थारु , अर्जुन प्रसाद सापकोटा , बिजय प्रकाश जैसवाल , करम बहादुर यादव , जनि बन्जाडे, कमला भुसाल, विमला दहित, उमा बि।क, सुष्मा यादब, रण बहादुर परियार, धन बहादुर यादव , नारायण प्रसाद भुसाल गरि मुस्लिम समुदाय बाट, मौलाना मशहूद खां नेपाली , हजरत अलि मुसलमान प्रतिनिधी छनौटमा परेका हुन् । नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, माओवादी केन्द्रका नेता केशर ओली, राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा। अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की लगायतले नव निर्वाचित सम्पूर्ण प्रदेश कमिटी लाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com