About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
’ओमिक्रोन’ सङ्क्रमण बढेपछि बेलायतले गर्यो स्वास्थ्य सङ्कटकाल घोषणा

Darpanpost सोमबार, मंसिर २७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

एजेन्सी– कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन सङ्कटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारण लाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । टेलिभिजन मार्फत सम्बोधन गर्दै जोनसनले
ओमिक्रोनको सम्भावित लहरबाट बच्न सबैले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री जोनसनले सम्भावित खतरा रोक्न १८ वर्षमाथिका सबै नागरिक लाई खोपको ’बुस्टर’ डोज लगाइने पनि बताउनुभयो ।
बेलायतले यही हप्तादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज लगाउन सुरु गर्ने बताउनुभयो ।
कोरोना विरुद्धको खोपको बुस्टर डोजले कोरोना भाइरस नियन्त्रणमा ७५ प्रतिशत सम्म काम गर्ने वैज्ञानिकहरूले बताएका छन् ।
बेलायतमा केही हप्तादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिइरहेका छन् । सङ्क्रमण देखिएका मध्ये दैनिक पाँच सयको हाराहारीमा ओमिक्रोन पुष्टि हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com