नयाँ दिल्ली। भारतमा पञ्चायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलित लाई निर्घातपूर्ण रुपमा कुटेका छन् । दलितकै कारण आफू पराजित भएको भन्दै पञ्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलित लाई निर्धात कुटेका हुन् ।
दलितहरुले आफू लाई मतदान नगरेको उनले आरोप लगाएका छन् । दुबै जना दलितहरुले मदिरा सेवन गरेर मतदान स्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् । सिंहले दलित लाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भाइरल भिडियोमा सिंहले दुई जना कथित दलित समुदायका व्यक्तिको गर्धन समाएर सडकमा लक्षार पछार गरेको देखिन्छन् ।
घटना पछि सिंह लाई प्रहरीले पक्राउ गरेको छ । दलित लाई उनले दुर्व्यवहार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।(एजेन्सी