About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आफ्नालाई काखा र अरूलाई पाखा

Darpanpost सोमबार, मंसिर २७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ।कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई काखी च्यापेका हुन्।
पार्टीमा शक्तिशाली अध्यक्षको हैसियत बाट केन्द्रीय कमिटीको बैठकमा पेस गरेका नामहरूले ओलीले विगतमा आफूलाई साथ दिने नेताहरूलाई च्यापेको पुष्टि भएको छ। उनले केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी गठन र पोलिटब्युरो गठनमा विगतको जिम्मेवारीलाई समेत ध्यान नदिई नेताहरूलाई जिम्मेवारी दिइएको छ।
उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यपछि ओलीले रामबहादुर थापालाई तेस्रो मर्यादाक्रममा राखेका छन्। त्यसपछि विष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको मर्यादाक्रम तोकेका छन्। सचिवको माथिल्लो वरीयतामा टोपबहादुर रायमाझीलाई राखिएको छ। उनीपछि लेखराज भट्टको मर्यादाक्रम तोएिको छ। नवौं महाधिवेशनमा हारेका रघुवीर महासेठलाई अघिल्ला सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईभन्दा अघि राखेका छन्। त्यस्तै छविलाल विश्वकर्मालाई पनि विष्ट र भट्टराईभन्दा अघिल्लो मर्यादाक्रम दिइएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com