काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ५४ जनामा कोरोना भाइरसको
संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ८ हजार ६ सय ८२ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज २ सय ३४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ५ हजार ८ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।
आज एक जना संक्रमितको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना
संक्रमण बाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।