About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
काँग्रेसमा ६० जनाले उम्मेदवारी फिर्ता लिए

Darpanpost आइतबार, मंसिर २६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ -नेपाली काँग्रेसको पदाधिकारी सहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएका मध्ये ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समितिले आज मध्यान्ह साढे १२ बजे सम्म दिएको समयावधिमा ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो ।
सभापतिका उम्मेद्वार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ भने सह महामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।
न्यौपानेले शेखर कोइराला र सुरेन्द्रले उमाकान्त चौधरी लाई सघाउनु हुनेछ ।
यस्तै अरु ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । अब सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा हुनेछ ।
जस अनुसार शेरबहादुर देउवा ,डा शेखर प्रसाद कोइराला, विमलेन्द्र निधि ,कल्याण कुमार गुरुङ र प्रकाशमान सिंह प्रतिस्पर्धामा रहने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com