काठमाण्डौ – सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।