नन्दु यादव ,नवलपरासी -जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा।सिके राउतले ‘जनमत माटो यात्रा’ नवलपरासी पुगि पहिलो चरणको यात्रा सम्पन्न गरेको जनमत पार्टीका केन्द्रीय सदस्य बिजि चौधरीले जानकारी दिनुभएको छ ।पहिलो चरणको यात्रामा कपिलवस्तु ,रुपन्देही र नवलपरासी गरि ३ जिल्लामा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको हो ।अब दोस्रो चरणको यात्रामा मधेशमा रहेका अन्य जिल्लामा यात्रा सुरु गर्ने बताईएको छ ।नवलपरासीको प्रतापपुरको विभिन्न स्थान तथा सुस्ता गाउपालिकाको वडा न ५ ठाडिघाटमा रहेको अनुमा घाटमा पुगि माटो संकलन गरिएको बताईएको छ ।माटो संकलन पछि रतनगन्जमा भएको कोणसभामा ,सत्रुधन यादव ,केन्द्रीय सदस्य बाल गोबिन्द चौधरी शारदा चौधरी लगायतले बोल्नुभएको थियो ।
विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी मन्दिर बाट माटो संकलन गर्दै डा।राउतले पश्चिम नवलपरासीमा ५ दिन सम्म सबै स्थानिय निकायमा पुगि त्यहाको माटो संकलन गरिएको बताईएको छ।
जनमत माटो यात्राबाट हरेक स्थानिय निकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गरिएको र संकलन गरिएको माटोले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रीय सदस्य बिजि चौधरीले बताउनुभयो ।