About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाको २७ औ साधारण सभा साथै सरसफाइ कार्यक्रम सम्पन्न

Darpanpost आइतबार, मंसिर २६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,पश्चिम नवलपरासी-पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा नं २ सेमरीमा रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाको २७ औ साधारणसभा सरावल ७ बरगदवामा रहेको बर्दघाटे कालिका मन्दिरमा सम्पन्न भएको छ ।ग्रामीण क्षेत्रमा रहेका जनताहरुको लागि आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस संस्थाले बिभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम समेत सञ्चालन गर्दैै आएको छ । आ. ब.२०७८/७९को २ करोड ५२ लाख ४४ हजार ४सय ८१ रुपैया बराबरको आय ब्यय प्रस्तुत भएको थियो ।
यस संस्थाले कृषि ,पशुपालन ,बैदेशिक रोजगार ,शैक्षिक लगायतको क्षेत्रमा लगानी गरि यस क्षेत्रका जनताहरुको आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको संस्थाका ब्यवस्थापक लक्ष्मुण गौतमले बताउनुभयो ।
कार्यक्रम संस्थाको अध्यक्ष ईश्वरी प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । ।कार्यक्रममा सरस्वति शर्मा ,राम प्रसाद जोशी ,कमल प्रसाद शर्मा ,सन्तोष उपाध्या लगायतले सस्थाको प्रगतिको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । साथै यस संस्थाले साधारणसभाको अवसरमा बर्दघाटे कालिका मन्दिरको सरसफाइ समेत गरेको संस्थाका शेयर सदस्य राम प्रसाद जोशीले जानकारी दिनुभयो ।संस्थाको सबै शेयर सदस्यहरुले कुचो ,बाल्टी लिई मन्दिरको परिसर भित्रको सरसफाई गरेको जोशीले बताउनुभयो ।यसले आम नागरिकमा पनि सरसफाइ सम्बन्धि जनचेतना जगाउने उदेश्यले सरसफाइ गरिएको उहाले बताउनुभयो।

Open photo

Open photo

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com