तुलसी राम पौडेल ,फर्साटिकर -विद्यालयको जन्मोत्सवको शुभ अवसरमा रुपन्देहीको बुटवल १५ मैनापुर स्थित सिद्विबिनायक इङ्लिस सेकेन्डरी स्कुलले लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम बुटवल १५ उजेलापुरमा रहेका ३३ जना असहायलाई १ दिनको खाना सहयोग गरेको छ।सेवा नै परम धर्म भएकोले विद्यालयले सहयोग कार्यक्रम राखेको विद्यालयका शैक्षिक कार्यक्रम संयोजक लिलाधर न्यौपानेले बताउनुभयो।विद्यालय सञ्चालक समितिका सदस्य अर्जुन खत्रीले अनाथ ,अपांगको सेवा नै मानवको धर्म भएको बताउनु भयो।लुम्बिनी अपांग दृस्ठि विहिन अनाथ आश्रमका अध्यक्ष मिरा खड्काले विद्यालयले गरेको सहयोग प्रति खुशी प्रकट गर्नुभयो ।
आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले आश्रममा व्यवस्थापन गर्न गार्हो भएको बताउनुभयो ।हामीले गित गाएर ,कार्यक्रम गरेर व्यवस्थापन गरेका थियौं तर कोभिडको कारणले कार्यक्रम गर्न नपाउदा आश्रममा रहेका अनाथ,अपांग एवं दृष्टिविहिन लाई खाना जुटाउन गार्हो भएको उहाको भनाइ थियोे ।सहयोगी दाताहरूले गरेको सहयोगमा नै आश्रम संचालन भएको बताउनु भयो ।
सञ्चालक समिती सदस्य अर्जुन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्राचार्य शिव अर्यालले गर्नुभएको थियोे ।
कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका सदस्य कृष्ण शर्मा र बिष्णु माया पुन लगायतको उपस्थिति रहेकोे थियो ।