काठमाण्डौ – भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रातोपाटी नजिक सूर्यविनायक बाट गुण्डु तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०३३ प ७१७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलको पछाडि बसेका गुण्डुका रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक गुण्डुकै सुरेन्द्र बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।