About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
सियारीमा महिला हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Darpanpost शनिबार, मंसिर २५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

तुलसी राम पौडेल ,सियारी -घरैबाट शुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ रुपन्देहीको सियारी गाउपालिकामा लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सदस्य तुलसी प्रसाद चौधरीले कार्यक्रमको उद्घाटन गर्दै कुनै पनि राजनीतिक दलको सङ्गठनमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने संविधानले सुनिश्चित गरेकोले त्यसलाई साकार पार्न महिला दिदि बहिनीहरुले योग्यता र क्षमताको बिकास गर्नुपर्ने बताउनुभयो ।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले महिलाहरूले आफुलाई आर्थिक ,सामाजिक र राजनैतिक क्षेत्रमा रुपान्तरण नगरे सम्म महिला हिंसा अन्त्य नहुने बताउनु भयो ।
कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक नेपाल टेलिभिजनका महाप्रबन्धक आरती चटौत तथा प्रशिक्षक दल बहादुर गुरुङले गर्नुभएको थियो ।
प्रमुख प्रशिक्षक आरती चटौतले महिलाहरुले आफ्ना हक, अधिकार ,सुविधा बाट बन्चित नहुनको लागि आफुले चलाउने मोबाइल लाई सूचना प्रविधिको कार्यमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला हिंसा ,पुरुष हिंसा , हिंसाका कारणहरु ,समाजमा प्रभाव वारे प्रशिक्षण दिइएको थियोे ।

सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको विशिस्ट आतिथ्यता,वडा अध्यक्षहरु तथा वडा सदस्यहरुको आतिथ्यता, कार्यपालिका सदस्य देवकी खरेलको स्वागत मन्तव्य ,वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङको शुभकामना मन्तव्य रहेको कार्यक्रममा सहभागीहरुले महिला तथा पुरुष हिंसा सम्बन्धि आ आफ्नो विचारहरु राखेका थिए ।
सामाजिक विकास शाखाका सामाजिक विकास अधिकृत विनोद खनाल ,सहायक महिला विकास निरीक्षक बिष्णु क्षेत्री र शान्ता पौडेलले कार्यक्रम संयोजन गर्नुभएको थियोे ।

Open photo

 

Open photo

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com