About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज सुरु हुँदै

Darpanpost शनिबार, मंसिर २५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज सुरु हुँदैछ ।
सभापति सहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्य समिति मध्ये १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि चुनाव गर्ने तयारी छ ।
आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाण्डौको राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ ।
मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि भोलि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।
पर्सि सोमवार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
नयाँ नेतृत्वको लागि चार हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् ।
यसैबीच नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूह बीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ ।
सिटौला समूहलाई महामन्त्री र सह महामन्त्री दिन देउवा तयार हुनुभएको छ ।
सिटौलाले महामन्त्रीमा युवा नेता प्रदीप पौडेल र सह महामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सार्नुभएको छ ।
महामन्त्रीका लागि संस्थापन समूहमै आकाङ्क्षीहरु धेरै छन् ।
डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँड, एनपी सावद, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा लगायत नेताहरुले महामन्त्रीमा दाबी गरेका छन् । आठ सह महामन्त्रीका लागि दुई दर्जन नेताहरूले दाबी गरिरहेका छन्।
संस्थान इतर समूहले अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन ।
हिजो बेलुकी अबेरसम्म भएको छलफलमा पनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।
सभापतिमा दाबी गरिरहेका प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाको अडान कायमै छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति जुटाउने प्रयास भए पनि सिंह र कोइरालाले अडान नछाड्दा टुङ्गो लाग्न नसकेको हो ।
यो समूहले पदाधिकारीका अन्य उम्मेदवार बारे अझै छलफल गरेको छैन । आज मनोनयन दर्ता गर्नु अघिसम्म पनि सहमतिको प्रयास हुने नेताहरुको भनाइ छ ।
कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह महामन्त्री निर्वाचित हुनेछन् ।
कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले आफू मध्येबाट निर्वाचित
गर्ने व्यवस्था छ ।

(उज्यालो बाट)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com