About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
काँग्रेस सभापति देउवाद्धारा महाधिवेशन उद्घाटन

Darpanpost शुक्रबार, मंसिर २४, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर
देउवाले १४ औँ महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।
शुक्रबार दिउँसो काठमाडौंको भृकुटी मण्डपमा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा माला लगाएर काँग्रेस महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव,
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा (माले)का महासचिव सिपी मैनालीका साथै काँग्रेसका शीर्ष नेतासँगै देशका प्रमुख राजनीतिक दलका नेता र भारतबाट आउनुभएको राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
भारतीय जनता पार्टी (भाजपा) का नेता हर्षवर्द्धनले
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री लाई लिएर प्रशंसा गर्नुभएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै भाजपा नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्व प्रधानमन्त्री अहिलेसम्म नदेखेको बताउनुभएको छ ।
उहाँले यस्तो दृश्य भारतमा भएका कार्यक्रममा पनि नदेखेको बताउनुभएको हो । यस्तो दृश्य पहिलो पटक देखेको भाजपा नेता हर्षवर्द्धनको भनाइ थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एउटै मञ्चमा एकै साथ यति धेरै पूर्व प्रधानमन्त्री अहिलेसम्म देखेको थिइनँ । भारतमा पनि देखेको थिइनँ । म सबैलाई नमन गर्न चाहन्छु ।’
यस्तै
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले
संविधान संशोधनमा जोड दिनुभएको छ ।
समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले निर्वाचन प्रणली र शासकीय स्वरुपमा सुधार तथा नागरिकता समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै
नेकपा मालेका महासचिव सीपी मैनालीले प्रजातन्त्र स्थापना सँगै
नेपालमा बाह्य हस्तक्षेप र प्रभाव बढ्दै गएको भन्दै पछिल्लो समय त्यो क्रम अझ बढेको बताउनुभयो ।
मैनालीले मुलुकका सामु केही चुनौती देखा परेको समेत चर्चा गर्नुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com