About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा ओली सहभागी हुने

Darpanpost शुक्रबार, मंसिर २४, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणा लाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन् । महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गरेका थिए । महतको आग्रह अनुसार आफू शुभकामना दिन सहभागी हुने आश्वासन दिएका थिए । यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने जवाफ दिएका थिए ।

एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवनमा पुगेर शुभकामना दिएका थिए । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–माधव समूहले निर्णायक कदम चालेदेखि ओली, प्रचण्ड र माधवकुमार नेपाल एकै मञ्चनमा सहभागी भएका छैनन् । शुक्रबार कांग्रेस महाधिवेशनमा ओली सहभागी भएको अवस्थामा प्रचण्ड–माधवसँग पहिलोपटक एकै मञ्चमा भेट हुने भएको छ ।

नेकपा एमालेका नेता शेरबहादुर तामाङले कांग्रेसका महाधिवेशनमा अध्यक्ष ओली शुभकामना दिन जाने कार्यक्रम रहेको बताए । एमालेका अध्यक्ष ओलीले एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुने कार्यक्रममा सहभागी नहुने नीति लिँदै आएका छन् । यसअघि संसद्को अवरोध हटाउनको प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी सहभागी भएको भन्दै एमालेले बहिष्कार गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

 

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com