About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड

Darpanpost शुक्रबार, मंसिर २४, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचारमध्ये एक हो। नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ। मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष बन्थ्यो। तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो। मिसनको बद्नाम भयो। सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको ४४ करोडको एपीसी ९मिसनका लागि आवश्यक बन्दोबस्तीका समान०मा साढे २८ करोड बराबरको भ्रष्टाचार नै बद्नाम र बन्दको कारण हो।
प्रहरीको भाषामा शान्ति मिसनलार्ई फ्रम्ड पुलिस युनिट ९एफपीयू० भनिन्छ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्कै निर्णयअनुसार एफपीयू बन्द भयो। तर, प्रहरी अधिकारी यसलाई स्वीकार गर्न आनाकानी गर्छन्, यथार्थ भए पनि। नेपाल प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँबर यसको समय अवधि नै सकिएकाले बन्द भएको बताउँछन्। तर, पूर्वअतिक्ति प्रहरी महानिरीक्षक ९एआईजी० रमेश खरेल भ्रष्टाचारकै कारण एफपीयू मिसन बन्द भएको दाबी गर्छन्।

एक महिना अघि मात्रै सुडानबाट ८२ जना फर्किएपछि नेपालको टोली मिसनमा छैन। सुडानमा रहेका १८० जनाको टोली दुई पटक गरेर फर्किएको छ। हाइटी मिसन दुई वर्ष अघिदेखि नै बन्द छ। एक वर्षअघि यहाँका सबै प्रहरी फिर्ता आएका छन्। प्रहरी प्रवक्ता कुँवरले हाइटी र सुडान दुवै देशमा शान्ति मिसन बन्द भएकाले सुरक्षाकर्मी फर्किसकेको बताए। प्रहरी फर्किए तर, ती देशमा शान्ति स्थापना भइसकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com