काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा पदाधिकारी छनोट गर्ने बताउनु भएको छ ।
डा. प्रकाशशरण महतद्वारा लिखित नेपाली कँग्रेस एण्ड नेशन बिल्डिङ नामक पुस्तकको विमोचनका अबसरमा देउवाले सो कुरा बताउनु भएको हो ।
उहाँ आगामी अधिवेशमा सहमति बाट नेतृत्व चयन गर्ने प्रयास हुने र प्रजातान्त्रिक पार्टी भएका कारणले प्रतिश्पर्धा भइहालेमा त्यसबाट हुने हार जितलाई सहज रुपम ग्रहण गर्दै हार्नेले जिन्ने लाई सहयोग गर्ने र जित्नेले हार्नेको सहयोग लिने बतावरण बनाउनु
पर्ने बताउनुभयो ।
उहाँले नेपाली काँग्रेसको आगामी अधिवेशन देशका लागि नै अत्यन्त महत्वपूर्ण रहेको र अधिवेशन प्रति सबैको उत्साहित भएको र
अधिवेशन सफल बनाएर उत्साहका साथ गाउँ गाउँमा फर्किएर
नेपाली काँगे्रस लाई ठूलो बहुमतीय पार्टी बनाउन लागि पर्न आग्रह गर्नुभयो ।
(गोरखापत्र अनलाइन )