काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई सय ८० जनामा
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा दुई सय ८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै थप तीन सय ६६ जना सहित सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख पाँच हजार पाँच सय ७१ पुगेको छ ।
अहिले नेपालमा ६ हजार दुई सय ३९ जना सक्रिय सङ्क्रमित
रहेका छन् ।
यही अवधिमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ ।
यस्तै
पछिल्लो २४ घण्टामा नेपालमा दुई लाख ८३ हजार जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सरकारले यही हप्ता दैनिक दुई लाख जनालाई खोप लगाउने योजना सार्वजनिक गरेको थियो ।
२४ घण्टामा दई लाख ८३ हजार एक सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले सम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण मात्रा र एक करोड ६ लाख ९९ हजार जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।