About Contact
२४ जेठ २०८०, बुधबार
Close
बिज्ञापन
भारतमा हेलिकप्टर दुर्घटना ,११ शव निकालियो

Darpanpost बुधबार, मंसिर २२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

(एजेन्सी)
नयाँ दिल्ली – भारतीय रक्षा प्रमुख ९चिफ अफ डिफेन्स स्टाफ० विपिन रावत सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ। सेनाको यो हेलिकप्टरमा कुल १४ जना सवार रहेकोमा ११ जनाको शव निकालिएको छ।

यो घटनामा रक्षा प्रमुख विपिन रावतका साथै उनकी पत्नी र अन्य सैनिक अधिकारी पनि हेलिकप्टरमा थिए। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको छ।

दुर्घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई दुर्घटनाको जानकारी दिइएको थियो।

रक्षा प्रमुख विपिन रावतको स्वास्थ्यको बारेमा जानकारीका लागि पर्खिरहेका छन्। दुर्घटना पछि स्वास्थ्यलाभको कामना गर्दै विपिन रावतको जन्मस्थल पौडी गढवाल जिल्लावासीले मन्दिरमा पूजाआजा सुरु गरेका छन्।

रक्षा प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना पछि घटनास्थलमा उद्धार कार्य सुरु गरिएको थियो। यसपछि घाइतेहरू लाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। यस दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु शव निकालिएको छ।

सम्बन्धित

ताजा अपडेट
पाल्पाकाे रैनादेवि मा भएकाे जिप दुर्घटना प्रति प्रदेश सभा सदस्य घिमिरे बाट दुख व्यक्त
श्री सिद्धार्थ नि: मा खैरी मा व्यवस्थापन समिति गठन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com