About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
लोक तथा दोहोरी गायक क्षेत्रीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

Darpanpost बुधबार, मंसिर २२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत ; लोक तथा दोहोरी गायक विमलराज क्षेत्रीले नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ।

पर्वत बाट खुल्ला महाधिवेशन प्रतिनिधिमा निर्वाचित क्षेत्रीले लोक सांस्कृतिक क्षेत्रको सम्मान र प्रतिनिधित्वका लागि आफू केन्द्रीय सदस्यको उम्मेदवार रहेको बताउनुभयो ।

कलाकारले राजनीति गरेको प्रसंग बारे बताउँदै उहाले राजनीति देशको नीति भए पनि नेपालमा भइरहेको राजनीतिक अस्थिरताले शब्द लाई नै गलत रूपमा बुझाएको तर्क गर्नुभयो ।

पर्वतको फलेवास नगरपालिका–१० कुर्घा स्थित घर भएका क्षेत्री विद्यार्थी जीवनमा नेपाल विद्यार्थी संघमा आबद्ध भई कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।

विद्यार्थी जीवन बाटै कलाकारितामा प्रवेश गरेका उहा सबैभन्दा पहिले २०५० सालमा आफू अध्ययनरत गाउँकै विद्यालयमा नेविसंघको सचिव भई काम गर्नुभएको थियो । त्यसपछि २०५३ सालमा फलेवासमा रहेको पर्वत बहुमुखी क्याम्पसमा नेविसंघको सचिव बन्नुभएको थियो भने २०५६ मा जय नेपाल सांस्कृतिक प्रतिष्ठानको केन्द्रीय सदस्य, २०६८ मा नेपाल कलाकर्मी संघको उपमहासचिव, २०७० मा नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय सदस्य, २०७४ मा लोकतान्त्रिक लोकदोहोरी संघका संस्थापक सभापति बन्नुभएको थियो । ।
क्षेत्रीले गाएका बल्लै भो भेट, सुपारी चाम्रो, रानीघाटैमा, मधुवनैमा, जापान टोकियो लगायत कैयौँ गीतहरू चलेका गीतमा पर्छन्।
उहाले नेविसंघ, ट्रेड युनियन कांग्रेस र नेपाली कांग्रेस सम्बन्धी गीतहरु पनि गाउनुभएको छ । सुन सुन साथी, वीपी सम्झेर , कांग्रेसको सिपाही लगायतका पार्टी गीतहरु क्षेत्रीले गाउनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com